May 10, 2026, Sunday
२०८३ बैशाख २७, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बैठक सञ्‍चालनको जिम्मा प्रचण्डलाई  दिएर नेकपा स्थायी समितिकाे बैठकबाट बाहिरिए ओली

बैठक सञ्‍चालनको जिम्मा प्रचण्डलाई दिएर नेकपा स्थायी समितिकाे बैठकबाट बाहिरिए ओली

भदौ २६, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको पार्टी स्थायी समिति बैठकमा एकैछिन बसेर बाहिरिनु भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो कुरा राखेर बैठक सञ्‍चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिँदै बाहिरिनु भएको हो ।

अध्यक्ष ओली  बाहिरिनु भएपनि अहिले नेकपाको स्थायी कमिटी बैठक जारी छ । गत साउन १३ गते बसेको बहुमत सदस्यको बैठकपछि आज बैठक बसेको हो । बैठकमा नेकपा कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तावको रूपमा पेस हुने जनाइएको छ ।

Advertisement

गत सोमबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच बालुवाटारमा भएको छलफलबाट आज बैठक बोलाउने तय भएको थियो । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।

दुई अध्यक्षले सहमति जनाए पनि अर्का वरिष्ठ नेता माधवकुमार नेपाल भने असन्तुष्ट रहनुभएकाे छ  । उहाँहरूबीच एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्नुपर्ने उल्लेख छन् ।

त्यस्तै एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, सरकारको काम, संसदीय दलको भूमिका, प्रदेश सरकार र स्थानीय तहको भूमिका प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ ।

स्थायी कमिटी बैठक गत असार १० गतेदेखि सुरु भएको थियो । तर, सुरुवातदेखि नै विवादबाट गुज्रिरहेको बैठक साउन १३ गते उत्कर्षमा पुगेको थियो । त्यसदिन ओलीले एकलौटी ढंगले बैठक स्थगित गरेपछि प्रचण्ड र माधव कुमार नेपाल पक्षले आफू पक्षका सदस्यहरुको बैठक गरेको थियो ।