May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जिल्ला समन्वय समिति सुनसरीका सभापतिलाई कोरोना  संक्रमण

जिल्ला समन्वय समिति सुनसरीका सभापतिलाई कोरोना संक्रमण

भदाै २६, जिल्ला समन्वय समिति सुनसरीका सभापति गोपाल राजभण्डारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वयं सभापति भण्डारीले आफुमा कोरोना देखिएको जानकारी गराउनु भएको छ । भण्डारीले गढी गाउँपालिकामा २२ गते स्वाब दिनुभएको थियो । उहाँका अनुसार आज प्राप्त परीक्षण रिपोर्टमा कोरोना भाइरसको संक्रमण देखा परेको हो ।

भण्डारीले आफुमा कोरोना संक्रमण पुष्टि भएकाले आफ्नो सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य जाँच गराउन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘कार्यालयको कामकाज, आकस्मिक मिटिङलगायत विभिन्न अन्य कामकाजका दौरान जो-कोहीसँग आफ्नो सम्पर्क रह्यो, ती सबैलाई स्वास्थ्य जाँचको लागि अनुरोध गर्दछु ।’

Advertisement

भण्डारीले आफ्नो सम्पर्कमा रहेकाहरुको हकमा कन्ट्याक्ट ट्रेसिङका क्रममा जानकारी गराउने बताउनुभएको छ । वहाँले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरु नछुटुन् भनेर सबैसामु स्वास्थ्य जाँच गराउन वा स्वास्थ्यकर्मीको परामर्श लिन आग्रह गरिएको बताउनुभयो ।

भण्डारीका स्वकीय सचिव अच्युत भण्डारीका अनुसार संक्रमण पुष्टि भएसँगै सभापति भण्डारी होम आइसोलेसनमा हुनुहुन्छ । वहाँको अवस्था सामान्य छ