April 16, 2026, Thursday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मुलुकका विभिन्न स्थानमा वर्षासँगै बाढी पहिरो आउने सम्भावना

मुलुकका विभिन्न स्थानमा वर्षासँगै बाढी पहिरो आउने सम्भावना

काठमाडौं- आज विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर अर्थात् नेपालभन्दा केही दक्षिणमा रहनुका साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय क्षेत्र पनि बनेका कारण नेपालको मौसम बदली तथा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

Advertisement

आज प्रदेश १ देखि ५ सम्मका विभिन्न स्थानमा ठूलो वर्षा तथा बाढीपहिरोको सम्भावना देखिएको भन्दै मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।

शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

महाशाखका मौसमविद् वरुण पौडेलका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर अर्थात् नेपालभन्दा केही दक्षिण छ। साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय क्षेत्र पनि बनेको छ। यिनै मौसमी प्रणालीका प्रभावले नेपालमा मौसम बदली तथा वर्षा भइरहेको हो।

उनका अनुसार सोमबारसम्मै देशका केही स्थानमा हल्कादेखि मध्यम र कतिपय ठाउँमा भारी वर्षासमेत हुने सम्भावना छ।