April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं – ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको निधन भएको छ। 

स्वास्थ्य कार्यालय, ललितपुरले दिएको जानकारीअनुसार भक्तपुरका ७२ वर्षीय एक पुरुषको शुक्रबार राती पौने १० बजे मृत्यु भएको हो। यस्तै, काठमाडौंका ५१ वर्षीय एक संक्रमित पुरुषको शनिबार बिहान २ बजे उपचारकै क्रममा ज्यान गएको छ। 

Advertisement

ललितपुरका ती पुरुष उपचारका लागि भदौ १७ गते पाटन अस्पताल पुगेका थिए भने काठमाडौंका पुरुषलाई १९ गतेका दिन अस्पताल भर्ना गरिएको थियो। ​​