May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बुटवलमा कोरोना सङ्क्रमणमुक्तलाई पुष्पगुच्छासहित सम्मान

बुटवलमा कोरोना सङ्क्रमणमुक्तलाई पुष्पगुच्छासहित सम्मान

बुटबल- बुटवलमा होम आइसोलेसनमा बसेर सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरिएको छ ।

बुटवल उपमहानगरपालिका-१३ का विभिन्न टोलमा स्थानीयवासीसँगै वडाका जनप्रतिनिधि समेतले सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरेका छन् । उक्त वडाको भानुपथमा कोरोना सङ्क्रमण भई होम आइसोलेसनमा बसेर निस्किएका एकै परिवारका तीन जनालाई आज पुष्पगुच्छासहित टोलवासीले सम्मान गरेका हुन् ।

Advertisement

भानुपथ निवासी बुटवल उपमहानगरपालिकाका आइटी इन्जिनीयर विकेक भुसाल, उहाँको एक महिनाको छोरा र सँगै बस्ने भान्जीसहित परिवारलाई वडा जनप्रतिनिधि बेदप्रसाद गैरे, आमा समूह अध्यक्ष गिरा बराललगायत टोलवासीले आज पुष्पगुच्छा प्रदान गरी कोरोना जितेकामा नगरका तर्फबाट बधाई तथा शुभकामना दिएका छन् । कोरोना पुष्टि भएसँगै उनीहरु घरमै आइसोलेसनमा बसेर आज २१ औँ दिनमा आइसोलेसन मुक्त भएका छन् ।

सो अवसरमा आइसोलेसनमा रहँदासमेत टोलका अगुवा तथा छिमेकीबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको कामना गरेको भन्दै इन्जिनीयर भुसालले सबैप्रति आभार व्यक्त गरे ।