May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेयमारले गरे पुमासँग प्रायोजन सम्झौता

नेयमारले गरे पुमासँग प्रायोजन सम्झौता

भदौ २७, ब्राजिलियन राष्ट्रिय टिमका स्टाइकर तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड नेयमारले पुमासँग प्रायोजन सम्झौता गरेका छन् । नेयमारले जुनियर खेल सामाग्री उत्पादक कम्पनी पुमासँग सम्झौता गरेको सोसल मिडियाहरूले उल्लेख गरेका छन् ।

नेयमार यसअघि जर्मनकै नाइकी भन्ने कम्पनीसँग जोडिएका थिए । जसले जर्मनीकै खेल सामग्री उत्पादन गर्दै आएको छ । नेयमार १५ बर्षअघिबाट नाइकीसँग जोडिएकोमा यही साता सम्झौता तोडेर पुमासँग जोडिएको बताइएको छ ।

Advertisement

पुमासँग सम्झौता गर्नुको कारण के भन्ने प्रस्नमा नेयमारले आफू लेजेन्ड खेलाडिहरुको प्रभावले पुमासँग सम्झौता गरेको प्रतिकृया दिएका छन् । जबकी यसअघि ब्राजिली पेले, अर्जेन्टिनी डिएगो म्यारोडोना, डच योहान क्रुएफ, माथाअस र युसिवोले आफ्नो खेलकुद जीवनमा पुमासँग सम्झौत गरेका थिए । भर्खरै सम्झौता तोडेको नाइकीसँगसम्झौता अवधिमा नेयमारले ७८ मिलियन लिएका थिए ।