April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिन्धुपाल्चोक पहिरो अपडेट : दुईको शव भेटियो, २२ जना बेपत्ता

सिन्धुपाल्चोक पहिरो अपडेट : दुईको शव भेटियो, २२ जना बेपत्ता

काठमाडौं – सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्कमा गएराति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाका अनुसार नागपुचेमा ७ वटा घर पुरिँदा १ जनाको मृत्यु र १६ जना बेपत्ता भएका छन्। ६० वर्षीया भक्तिमया श्रेष्ठको शव भेटिएको सापकोटाले बताए। यस्तै भीरखर्कमा २ घर पहिरोले पुरिएको ठाउँमा २२ वर्षीया जुनु विकको शव भेटिएको छ। ६ जना बेपत्ता भएका छन् ।

Advertisement

अहिले स्थानिय र प्रहरी उद्धारमा खटिएका नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए।  उनका अनुसार विस्तृत विवरण आउन बाँकी छ। यसैबीच आफ्नो जिल्लामा पहिरो गएको जानकारी पाएसँगै सभामुख अग्निप्रसाद सापकोटा बिहानै त्यसतर्फ गएका छन्।  

उनका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटा स्थलमार्ग हुदै त्यसतर्फ गएका हुन्।