April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

काठमाडौं  – काठमाडौं उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार २४ घण्टामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। तीमध्ये काठमाडौं जिल्लाका ४ सय ८३ जना, ललितपुरका ३३ जना र भक्तपुरका ८१ जना छन्।

Advertisement

हालसम्म काठमाडौं जिल्लामा ९ हजार १०३, ललितपुरमा १ हजार १२९ र भक्तपुरमा ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।