May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पर्वतमा पहिरोः चारवटा घर पुर्‍यो, एक जना बेपत्ता

पर्वतमा पहिरोः चारवटा घर पुर्‍यो, एक जना बेपत्ता

पर्वत – बागलुङको जैमिनीनगरपालिका–१ कुश्मीशेरा,टुनीबोटमा पहिरोले चार घर पुर्दा एक जना बेपत्ता भएका छन्। बागलुङ–कुश्मीशेरा सडक माथिबाट आएको पहिरोमा पुरिएका दाटुनीबोटका ७० वर्षीय हरीकृष्ण पौडेल अझै फेला परेका छैनन्‌।

उनको परिवारका अन्य तीन जना सदस्यले भने भागेर ज्यान जोगाएका स्थानीयले जानकारी दिएका छन्‌।  सोही स्थानमा आइतबार पहिरो खस्दा एक जनाको मृत्यु भएको थियो। सोही पहिरोले सोमबार पनि तीन घरमा पुर्‍याएको हो।

Advertisement

घरमा रहेका सबैलाई रातको समयमा अत्याधिक वर्षा भएपछि स्थानीयले राती नै अन्यत्र सारेका थिए।​घटनास्थल पुग्ने सडक तथा पैदलमार्गमा समेत ठुलो पहिरो झरिरहेकाले प्रहरी चौकी कुश्मीशेराको समूह घटनास्थल पुग्न सकेको छैन।

पहिरो झरिरहेकाले जोखिम रहेको वडासदस्य रुद्रनाथ शर्माले बताएका छन्‌।