May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विभिन्न ६ जिल्लामा ‘अति भारी’ वर्षा, सतर्क रहन आह्वान

विभिन्न ६ जिल्लामा ‘अति भारी’ वर्षा, सतर्क रहन आह्वान

काठमाडौँ- प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ,  सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको छ ।

नेपाल बाढी सूचना केन्द्रले ६ बजे सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास ‘अति भारी’ (२५० मिलिलिटरभन्दा बढी)वर्षा भएको छ ।

Advertisement

यस्तै झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यम देखि ठूलो बर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत झापा ,मोरङ सुनसरी भई बहने स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले १२ बजे सम्म सतर्क रहन आह्वान गरिएको छ ।

यस्तै चितवन, कास्की लगायतका जिल्ला तथा आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार नारायणगढ-मुग्लिन सडक खण्डको कालिखोला र आसपास ‘अति ठूलो’ वर्षा भएको छ ।