March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिन्धुपाल्चाेक पहिरो : २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता

सिन्धुपाल्चाेक पहिरो : २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता

भाद्र ३०, सिन्धुपाल्चाेक । भूकम्पले थिलथिलो बनाएको जमिन, वर्षेनी भारी वर्षा हुँदा सिन्धुपाल्चोक पहिरोको ‘इपिसेन्टर’ बन्न पुगेको छ । पछिल्ला दुई महिना पहिरोमा परी दर्जनौंले अकालमा ज्यान गुमाएका छन् ।

सयौं सिन्धुबासीको उठिबास लागेको छ । दुई महिनामा मात्र सिन्धुपाल्चोकका ७३ जनाले पहिरोमा परी ज्यान गुमाउनुपरेको छ भने पहिरोमै परी ४२ जना अझै बेपत्ता छन् ।

Advertisement

२५ असारमा बाह्रबिसे नगरपालिका–५ स्थित जम्बुमा ठाडो खोला उर्लंदा जम्बु बजार क्षणभरमै खण्डहर बन्यो । बस्ती नै पुर्ने गरी ठाडो खोला उर्लंदा जम्बुमा २ जनाको मृत्यु भयो, १७ जना बेपत्ता भए ।

भोटेकोसी गाउँपालिका–५ बुलकोटेका पहिरोले बस्ती पुर्दा २५ असारमा ६ जनाले ज्यान गुमाएका छन् । बुलकोटे पहिरोमा बेपत्ता ३ जनाको न त लास फेला प¥यो, न त सास नै भेटियो ।

साउन १९ मा पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले ३ जनाको ज्यान लिएको छ । सोही दिन मेलम्ची नगरपालिका–९ गैराबगरमा पहिरो खस्दा निर्माण मजदुरीका लागि आएका ९ जना तराईबासीले ज्यान गुमाउनुप¥यो ।

जुगल गाउँपालिका–२ लिदीगाउँमा पहिरोमा परी ३७ जनाले ज्यान गुमाएका छन् । साउन ३० गते बिहानीपख बस्तीमाथिको पहाड खस्दा लिदीगाउँका ३९ जना बेपत्ता भएकोमा ३७ जनाको शव फेला प¥यो, २ जना अझै बेपत्ता छन् ।