April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ओली र दाहालकाे वाचा फेरि विवाद नगर्ने

ओली र दाहालकाे वाचा फेरि विवाद नगर्ने

भाद्र ३०, काठमाडाैं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार १९ पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका छन्। उनीहरूले भदौ २६ लाई पुरानो विवादमा नफर्किने निश्चित समय (कट अफ डेट) निर्धारण गर्ने बताएका छन्। पुनः पुरानै अन्तरविरोधपूर्ण विवाद नगर्ने सुनिश्चित गर्ने प्रतिबद्धता ओली र दाहालले जनाएका छन्।

‘पार्टीभित्र देखा परेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाचांै बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय (कट अफ डेट) निर्धारण गर्ने र पुनः त्यस प्रकारको अन्तरविरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने’, निर्देशनको पृष्ठ ७ को बुँदा नम्बर ५.६ मा छ।

Advertisement

पार्टी एकतायताका २७ महिनासम्म ‘पुरानो बक्यौता’ विषयमै पार्टी र सरकारले गोलचक्कर लगाइरहँदा दुवै मोर्चा लथालिंग र प्रभावकारी बन्न नसकेको प्रश्न पार्टीभित्रै उठेको थियो। यही अवस्थामा अध्यक्षद्वयले त्यस्तो प्रतिबद्धतासहितको निर्देशन जारी गरेका हुन्। यो सर्कुलर पार्टीका केन्द्रीय सदस्य र जनवर्गीय संगठनका प्रमुखहरूलाई पठाइएको छ।