May 1, 2024, Wednesday
२०८१ बैशाख १९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आगामी सात महिनाभित्र यो शैक्षिक सत्र पूरा गर्ने सरकारको तयारी

आगामी सात महिनाभित्र यो शैक्षिक सत्र पूरा गर्ने सरकारको तयारी

काठमाडौं- आगामी सात महिनाभित्र विद्यालय तहमा शैक्षिक सत्र पूरा गर्ने गरी सरकारले तयारी थालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार सार्वजनिक गरिएको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ मा यही चैतभित्रै शैक्षिक सत्र समाप्त हुने उल्लेख छ ।

Advertisement

पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ले २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने प्रचलित मान्यतासमेत तोडेको छ । अब कोभिड–१९ का कारण विद्यालय बन्द भए पनि वैशाखबाटै शैक्षिक सत्र गणना हुने भएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकंन परिषद्को बैठकले सो ढाँचा स्वीकृत गरेको हो । हाल विद्यालय तहमा ७० लाख विद्यार्थी अध्ययनरत छन् ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले आगामी सात महिनाभित्रै यो वर्षको पठनपाठन पूरा हुने बताए । उनले संश्लेषित पाठ्यक्रमका आधारमा अब बाँकी रहेको सात महिनाभित्र नै शैक्षिक सत्र पूरा हुने बताए ।