May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं –  नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना भएका छन्। 

गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका कोइराला आज बिहान काठमाडौंको ओम अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए। 

Advertisement

तिवारीका अनुसार अत्यधिक ज्वरो आएपछि उनलाई अस्पताल लगिएको हो। उनको अहिले आइसियुमा राखेर उपचार भइरहेको र ज्वरो कम भएको छ।