May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

भदौ ३१, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरायलले गरेको महत्त्पूर्ण सम्झौतालाई ‘नयाँ मध्यपूर्वको मिरमिरे बिहानी’ भन्दै प्रशंसा गरेका छन्।

इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन्। हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन्। ट्रम्पले पनि त्यस्तै भनेका छन् जसको प्रशासनले सहमतिका लागि मध्यस्थता गरेको थियो।

Advertisement

सन् १९४८ मा स्थापना भएयता इजरायल लाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन्।

ह्वाइट हाउसमा मङ्गलवार आयोजित कार्यक्रममा ट्रम्पले भने, ‘दशकौँपछिको विभाजन र द्वन्द्वपश्चात्‌ आज हामीले मध्यपूर्वको मिरमिरे बिहानी देख्न पाएका छौँ।’

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सम्झौताको स्वागत गर्दै भनेका छन्, यो इतिहासको एउटा निर्णायक दिन हो। यसले शान्तिको एउटा मिरमिरे बिहानीको उद्घोष गरेको छ।

तर प्यालेस्टिनी नेता महमुद अब्बासले अधिनस्थ भूभागहरूबाट इजरेल हटेपछि मात्रै मध्यपूर्वमा शान्ति आउनसक्ने प्रतिक्रिया दिएका छन्।

समाचार संस्था एएफपीका अनुसार तीन देशले सम्झौतामा हस्ताक्षर गरेपछि अब्बासले भने, ‘ इजरायली कब्जा अन्त्य नभएसम्म यो क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व हासिल हुन सक्दैन।’

इजरायली सेनाका अनुसार हस्ताक्षर कार्यक्रम चलिरहँदा गाजा क्षेत्रबाट इजरेलमा दुईवटा रकेट प्रहार गरिएका थिए।