April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काेराेना संक्रमणको प्रभाव भैरवनाथ मन्दिरमा, सयभन्दा बढिको रोजीरोटी बन्द

काेराेना संक्रमणको प्रभाव भैरवनाथ मन्दिरमा, सयभन्दा बढिको रोजीरोटी बन्द

भाद्र ३१, काठमाडाैं । आफ्नो मनोकांक्षा पूुरा होस भनेर वा खुसीयाली स्वरुप पूजा सामग्री लिएर दर्शनका लागि भैरवनाथ मन्दिरमा आउने सर्वधारणलाइ दर्शनमा रोक लगाएका कारण एक सय भन्दा बढि मानिसको प्रत्यक्ष रुपमा रोजी रोटी बन्द भएको छ ।

कोभिड १९ संक्रमण भयका कारण मन्दिर व्यवस्थापन समितिको आग्रहमा स्थानीय प्रशाशनले सर्व साधारणका लागि दर्शनमा रोक लगाएपछि मन्दिरको आसपास क्षेत्रमा रोट पकाउने, पूजा सााग्रीको व्यापार गर्ने हरुको व्यावसाय समेत बन्द भएपछि उनीहरुको रोजीरोटी बन्द भएको हो ,

Advertisement

मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई लक्षित गरी पूजा सामाग्री सँगैं रोट तयार गरी बिक्री गर्नेहरुको भनाइ छ । उनीहरु भनछन् – ‘कोभिड १९ ले रोजगारी खोसिदियो । रोट पकाउने चुल्हो त बन्द भयो भयो अब भात पकाउने चुल्हो पनि चाढै नै बन्द हुने अवश्थामा आईपुग्छ ।’

पूजा सामग्री, रोट पकाउने र खाजा नास्ताको व्यापार गर्नेको सख्या एक सय भन्दा बढि भएको र सबैको समय अनुसार राम्रो र बलियो आर्य आर्जनको दर्बिलो बाटो बनेको थियो । तर एका एक महामारी फैलिएपछि आर्य आर्जनको सबै ढोका बन्द भएको व्यवसायी रमेश पोखरेलले बताउछन् ।

सर्व साधारणलाई पूजामा रोक लगाएपछि व्यवसायीहरुको मात्र नभइ मन्दिरको समेत आम्दानी शून्य हुनु ठिकै हो । कोभिड-१९ को संक्रमणको भयको डरले सरकारले गरेको लकडाउन सगैं नै सर्व साधारणलाइ दर्शनका लागि रोक लगाएको मन्दिर व्यवस्थापन समितको अध्यक्ष तुल बहादुर बताउछन् ।

प्रायजसो प्रत्येक दिन टाढाटाढाबाट आउने दर्शनार्थीहरुको लागि रोट, पूजा सामग्री मात्र नभइ हाँसं, कुखुरा, बोकाको समेत व्यवस्थापन गरेर आफ्नो जीविको पार्जन गर्नेहरुको रोजी रोटी बन्द भएको छ ।

यो महामारीले सबैलाइ बेखर्ची बनायो । बोका कुखुराको व्यापार व्यवसाय संचालन गरेकाहरुले गुनासो गर्न थालेका छन् । यो अवस्था अझ बढि लम्बिए । सडक मै आउन बाध्यता हुनेछौं । परिवार सबै भोकले छटपटाउने दिन आउन लागेको उनले बताए ।

रोट पूजा सामग्रीको समयनुसार राम्रो व्यापार गरेको बताउने रमेश पोखरेल भन्छन् – ‘कोभिड १९का कारण रोट पकाउने चुलो बन्द भएको महिनै भयो अव बिस्तारै बिस्तारै भात पकाउने चुल्हो नै बन्द हुने अवस्थामा आयो ।’

यो महामारीमा कसले कसलाइ दोष लगाउने हो र समस्या त सबैलाइ भयो । समान्य अवस्थामा दैनिक रुपमा न्यूनतम दश हजार देखि एक लाख रुपैंया सम्मको व्यापार गरेको संस्मरण गदै अब ति दिन सपना जस्तौ भएको व्यवसायीहरु बताउछन् ।

कोभिड १९को संक्रमणको डरका कारण मन्दिरमा सर्वसाधारणलाई दर्शनका लागि रोक लगाउदै जाने हो भने मन्दिर आशपासमा रोट, पूजा सामग्रीको व्यापार व्यवसाय गर्नेहरुको व्यवसाय चौपट हुने मात्र नभै घर खर्च चलाउन समेत धाैँ भएको वताउदै व्यवसायीहरुले वैकल्पीक व्यवसाय अगाँल्नु पर्ने व्यवसायी बीर वहादुर पोख्रेल वताउछन् ।

मन्दिरलाई लक्षित गरि व्यापार व्यावसाय गर्नेहरु पछिल्लो समयमा वेरोजगार जस्तै भएका छन् । व्यवसायीहरु मात्र हैन् देनिक रुपमा हजारौ रुपैयाँ आम्दानी गर्ने मन्दिरको आम्दानी समेत घट्दै जाँदा मन्दिर स्रोत समेत शून्य भएको छ ।

धार्मिक हिसावले महत्वपूर्ण ठानिने भैरवनाथ मन्दिरका कारण यस क्षेत्रको विकासमा ठूलो सहयोग पर्याएको थियो । कोभिड १९का कारण दर्शनार्थीको आवत जावत ठप्प हुदा आर्थिक गतिविधि समेत शुन्य भएको छ । त्यसका लागि संम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।