April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेयमारलाई लाग्यो दुई खेलको प्रतिबन्ध

नेयमारलाई लाग्यो दुई खेलको प्रतिबन्ध

काठमाडौं-पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबका फरवार्ड नेयमारलाई दुई खेलको प्रतिबन्ध लागेको छ। फ्रेन्च लिग वान फुटबलमा पिएसजी र मार्सेलीबीचको खेलमा रातो कार्ड खाएका नेयमारसहित पाँचै खेलाडी कारबाहीमा परेका छन्।

खेलको अतिरिक्त समयमा मार्सेलीका खेलाडीले फोउल गरेसँगै तनावपूर्ण स्थिति सिर्जना भएको थियो। मार्सेलीसँग १–० ले पिएसजी हारेको खेलमा दुई क्लबका खेलाडीबीच हात हालाहालसमेत भएको थियो। अध्ययनपछि नेयमारलाई दुई खेलको प्रतिबन्ध लागेको हो। नेयमारले मार्सेलीका अल्भारो गोन्जालेजलाई हातले टाउकोमा हानेपछि भिडियो एसिस्टेन्ट रेफ्रिको सहयोगबाट रातो कार्ड दिइएको थियो।

Advertisement

त्यस्तै, पिएसजीका डिफेन्डर लेविन कुर्जवा सबैभन्दा बढि प्रतिबन्धमा परेका छन्। उनलाई ६ खेलको प्रतिबन्ध लागेको छ। त्यस्तै, पिएसजीकै लिन्ड्रो परेडेसलाई पनि २ खेलको प्रतिबन्ध लागेको छ।