April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला

कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला

कालिकोट–कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ। बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि कोरोना संक्रमणमुक्त जिल्ला बनेको हो।

कालिकोट जिल्लाभर १०० जनामा कोरोना संक्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए।

Advertisement

कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसीआर विधिबाट स्वाब परीक्षण गरिएको र दुई हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकामा १०० जनामा संक्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिए।