April 21, 2026, Tuesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सत्तापक्ष र प्रतिपक्ष संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि आज बैठक बस्दै

सत्तापक्ष र प्रतिपक्ष संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि आज बैठक बस्दै

काठमाडौं–संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि भागबण्डा गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरुले आज बिहीबार छलफल गर्ने भएका छन्।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक सहभागी हुने जनाइएको छ। 

Advertisement

लामो समय संवैधानिक निकायमा रिक्त भएकाले सत्ता पक्ष र प्रतिपक्ष बसेर छलफल गर्न लागेको नेकपा स्थायी कमिटी सदस्य नेम्वाङले जनाएका छन्।