April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
धुर्मुश-सुन्तली फाउण्डेशनलाई बागमती प्रदेशको ३ करोड अनुदान

धुर्मुश-सुन्तली फाउण्डेशनलाई बागमती प्रदेशको ३ करोड अनुदान

आश्वीन १, मकवानपुर । बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुश-सुन्तली फाउन्डेशनलाई ३ करोड रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको स-शर्त अनुदान स्वरुप आर्थिक वर्ष २०७७-०७८ का लागि अनुदान रकम दिन लागेको हो ।

कोरोना (कोभिड–१९) को सङ्क्रमणको समयमा समेत मैदान निर्माण निरन्तर गरेको भन्दै आगामी काम गर्न सहजताका लागि अनुदान रकम दिइएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयाे ।

Advertisement

बागमती प्रदेश सरकारको हिजो बुधबार नै बसेको मन्त्री परिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली, प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधनलाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।