May 10, 2024, Friday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या, हजारौं ग्राहकको ब्यालेन्स काटियो

नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या, हजारौं ग्राहकको ब्यालेन्स काटियो

आश्वीन १,काठमाडाैं । नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या देखिएकाे छ । शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा समस्या देखिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयाे ।

टेलिकमको बिलिङ प्रणालीमा समस्या देखिएपछि हजारौं ग्राहक प्रभावित बनेका छन् । टेलिकमको बिलिङ प्रणालीमा समस्याले करिब २० हजार ग्राहक प्रभावित बनेकाे निर्देशक अधिकारीले जानकारी दिनुभयाे । अहिले उक्त समस्या समाधान भइसकेकाे पनि उहाँले जानकारी दिनुभयाे ।

Advertisement

बिलिङ प्रणाली बिग्रिँदा डेटा सब्स्क्राइब गर्दा डेटा प्याक एक्टिभ भएको म्यासेज गए पनि उपभोक्ताको मेन ब्यालेन्सबाट रकम काटिने समस्या आएको थियो । सबै उपभोक्ताको डेटा सब्स्क्राइबबापतकाे रकम फिर्ता गरिएको महाप्रबन्धक अधिकारीले जानकारी दिनुभयाे ।