April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित

नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। 

भोलि संविधान दिवस परेकाले त्यसको तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो । स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी सचिवालय बैठक आज दिउँसो ३ बजे पूर्व माओवादीको पार्टी कार्यालय पेरिस डाँडामा बस्नेगरी बोलाइएको थियो। आज स्थगित भएको बैठक पर्सि बस्ने सचिवालय सदस्य एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। 

Advertisement

यसअघि बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलपछि सचिवालय बैठक तय भएको थियो। भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले सरकार, पार्टी संगठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमससी), अध्यक्षद्वयको कार्यविभाजन लगायतका विषयमा निर्णय गरेको थियो।