April 21, 2026, Tuesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
१४औं महाधिवेशन आगामी भदौ सम्ममा हुन्छ : सभापति देउवा

१४औं महाधिवेशन आगामी भदौ सम्ममा हुन्छ : सभापति देउवा

काठमाडौं –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन कोरोना भाइरस (कोभिड–१९)का कारण फागुनमा हुन नसके २०७८ को भदौमा हुने बताएका छन्। 

फागुनमै महाधिवेशन हुने भन्दै आएका देउवाले कांग्रेसको केन्द्रीय कोभिड–१९ अनुगमन समितिले बिहीबार आयोजना गरेको कर्णाली प्रदेश स्तरीय भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले फागुनमा हुन नसके भदौ सम्ममा कुनै पनि हालतमा गर्नुपर्ने बताएका हुन्।

Advertisement

पार्टीका सहमहामन्त्री एवं अनुगमन समितिका संयोजक डाक्टर  प्रकाशशरण महतले अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा महाधिवेशनको अर्को मिति तय गर्ने स्पष्ट गरे।