May 10, 2026, Sunday
२०८३ बैशाख २७, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्: भट्टराई

लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्: भट्टराई

काठमाडौं–समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह रहेको बताएका छन्। संविधान दिवसमा सबैले सम्झनुपर्ने भन्दै उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्, अरू धाइ, सुसारे, पण्डा, नर्तकी, तमासे हुन्।’

Advertisement

भट्टराईले गणतन्त्र वर्तमान सरकारबाट सुरक्षित नभएको भन्दै व्यंग पनि गरेका छन्। ‘गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरुको हातमा यो सुरक्षित छैन, अपांग शिशुको उपचार र रक्षा गरौं,’ उनले ट्वीटमा भनेका छन्।