May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इटालियन क्लब एसी मिलानको जित

इटालियन क्लब एसी मिलानको जित

काठमाडौं– युरोपा लिग फुटबलको दोस्रो चरणको छनोट खेलमा इटालियन क्लब एसी मिलानले जित निकालेको छ।

विहीबार राति भएको खेलमा एसी मिलानले आयरल्यान्डको सामरक रोभर्सलाई २–० गोलले पराजित गरेको हो। एसी मिलानको जितमा ज्लाटन इब्राहिमोभिच र हकान कल्हानोग्लुले गोल गरे। खेलको २३औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै एसी मिलानलाई अग्रता दिलाए।

Advertisement

इब्राहिमोभिचकै गोलबाट पहिलो हाफसम्म एसी मिलानले १–० गोलको अग्रता बनाएको थियो। ६७औं मिनेटमा कल्हानोग्लुले गोल गर्दै एसी मिलानलाई २–० गोलको अग्रता दिलाए।