May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अब ग्यासको खाली सिलिण्डरको मूल्य रू २१ सय

अब ग्यासको खाली सिलिण्डरको मूल्य रू २१ सय

आश्विन २, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने ग्यासको खाली सिलिण्डरको मूल्य रू २१ सय तोकेको छ । संघले बाग्मती प्रदेशमा लागु हुने गरी खाली सिलिन्डरकाे धराैटीवापतकाे रकम २१ ताेकेकाे हाे । याे मूल्य शुक्रबारबाटै लागू हुने जनाइएकाे छ । अब बाग्मती प्रदेशभित्र जुनसुकै कम्पनीको ग्याससहितकाे नयाँ सिलिन्डर किन्दा कुल रकम ३ हजार ४७५ रुपैयाँ तिर्नुपर्नेछ ।  यसमा १ हजार ३७५ रूपैयाँ ग्यासकाे र २१ सय रूपैयाँ सिलिन्डरकाे तिर्नुपर्नेछ ।

यसअघि बजारमा कम्पनीअनुसार नयाँ वा खाली सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएकाे गुनासाे बढेपछि मूल्य नियन्त्रण र एकरूपता कायम गर्न उक्त निर्णय गरिएकाे संघकाे भनाइ छ । यसअघि उपभाेक्ताले ४ हजारभन्दा माथि ४५ सयसम्म नयाँ सिलिन्डरकाे मूल्य तिर्न बाध्य थिए ।

Advertisement