April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अनिकालै निम्तिने गरी धानमा फड्के किरा लागेपछि कञ्चनपुरका किसान चिन्तित

अनिकालै निम्तिने गरी धानमा फड्के किरा लागेपछि कञ्चनपुरका किसान चिन्तित

आश्विन २, कञ्चनपुर । कञ्चनपुरका धेरैजसो किसान धानबालीमा लागेको फ्ड्के किराका कारण चिन्तित भएका छन् । असार साउनमा किसानले रोपेको धान बालीमा फ्ड्के किराले सखाप गर्न थालेपछि किसान चिन्तित भएका हुन् ।

अहिले किसानले लगाएको धानबाली भित्र्याउने समय हो यो समयमा किराले अन्नबाली नै खाएर नस्ट गर्न थालेपछि भोलिका दिनमा भोकमारीले मर्छु भन्ने डर भएको किसान धौली देवी भट्टले बताउनु भएको छ ।

Advertisement

एकातिर लकडाउनको बेला किसानको आर्थिक अवस्था कमजोर भएको छ भने अर्को तिर लगाएको अन्नबालीमा किरा लागेर नष्ट भएपछि वर्ष भरि परिवार कसरी पाल्ने भन्ने चिन्ताले उनिहरुलाइ पिरोली रहेको छ ।

क्ञ्चनपुरका बिभिन्न स्थानिय तहमा फड्के किराको ब्यापक प्रकोप भएको रिपोर्ट आएको र महाकाली नगरपालिकामा यस्को भयवह स्थिति अएको हुदा सबै किसानलाइ एमोडाक्लोरापिड भन्ने बिषाधि छर्न अनुरोध गर्नुका साथै नगरपालिकाको कृषि शाखा संग सुझाव सल्लाह लग्न समेत आग्रह गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख राम चन्द्र भट्टले बताउनु भएकोे छ ।

कञ्चनपुरका हरेक वर्ष आउने किसानका समस्यामा कृषि ज्ञान केन्द्र कञ्चनपुर र स्थानिय तहको कृषि शाखाले उन्नत जातको बीउ बिजन प्रदान गर्नुका साथै उचित सल्लाह सुझाव दिनु पर्ने देखिन्छ ।