April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
शान्ति समाजले गर्‍यो थप तीन पुरस्कार स्थापना

शान्ति समाजले गर्‍यो थप तीन पुरस्कार स्थापना

आश्विन २, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियानअन्तर्गत स्व.पवित्रादेवी चौलागाईं मानव अधिकार श्रष्टा सम्मान, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान र ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान गरी थप तीनवटा पुरस्कार स्थापना गरेको छ ।

यसअन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका तीन जना श्रष्टालाई जनही रु. २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने छ । उपरोक्त पुरस्कारहरु स्थापनार्थ अक्षय कोषका लागि स्व. पवित्रादेवी चौलागाईंका छोरा मानव अधिकार तथा शान्ति समाजका सल्लाहाकार होमकान्त चौलागाईले रु. २ लाख र चन्द्रकला खनाल तथा ज्ञानप्रसाद खनालका छोरा/बुहारीहरु मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल र राधिका खनाल तथा रुपन्देही शाखा सभापति धनपति खनाल र लक्ष्मी पन्त खनालले रु. ४ लाख शान्ति समाजलाई प्रदान गर्नुभएको छ ।

Advertisement

यी पुरस्कारहरु हरेक बर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा यसै वर्ष (२०७७) देखी प्रदान गरिने छ । पुरस्कृत ब्यक्तित्व छनौटका लागि शान्ति समाज केन्द्रिय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा सल्लाहकार होमकान्त चौलागाईं, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, बरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापति रेनुका पौडेल र महासचिव सुशिल बस्नेत सम्मिलित छनौट समिति गठन गरिएको छ ।

यससँगै स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारहरुको संख्या १० पुगेको छ ।