April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेरुत विस्फोट : सुरक्षा अधिकारीलाई पहिलै थाहा भएको खुलासा

बेरुत विस्फोट : सुरक्षा अधिकारीलाई पहिलै थाहा भएको खुलासा

आश्विन २, एजेन्सी । बेरुत विस्फोटको सम्बन्धमा सुरक्षा अधिकारीलाई पहिला नै थाहा भएको खुलासा भएको छ । राज्य सुरक्षा एजेन्सीका एक अधिकारी, कैप्टन जोसेफ नड्डाले आफ्ना वरिष्ठ अधिकारीलाई भनेका थिए कि केही खतराको संकेत देखिएको छ । तर पछि थाहा भयो कि अन्य लेवनानी सुरक्षा तथा अन्य केही अधिकारीहरुलाई पनि यो कुरा पहिले नै थाहा थियो ।

न्यूयोर्क टाइम्सका पत्रकारहरुको समूहले गरेको एक अध्ययनमा उनीहरुले पोर्ट, सीमा शुल्क तथा सुरक्षा अधिकारी, शिपिंग एजेन्ट तथा अन्य समुद्री व्यापारीहरुसँग दर्जनौँ सोधखोज गरेका थिए । जसमा उनीहरुले यो कुरा पत्तालगाए कि भ्रष्ट तथा दुराचारी प्रणलीले देशका राजनीतिक नेताहरुलाई समृद्ध बनाउन उनिहरुले खतरा भएको जानकारी पाएर पनि त्यसलाई रोक्न कुनै कदम चालेनन् ।

Advertisement

यो भन्दा पहिलेका केही दस्तावेजहरुले पनि यो घटनालाई केही सरकारी एजेन्सीहरुले पनि आलटाल गरेकोमा दोषी देखिएका छन् । हंगर भित्रका केही सनसनीपूण तस्वीरहरुले पनि यस घटनामा चलखेल भएको देखाएको छ जसमा विनाशकारी, विस्फोटक सामाग्री रहेको देखिएको छ । केही एचडी भिडियोहरुको अनुसन्धान गर्दा लेवनानको इतिहासमा सबैभन्दा विनाशकारी विस्फोटक पदार्थ उत्पादन गर्नका लागि आवश्यक पर्ने सामानहरु विभिन्न स्थानबाट एकठाउँमा कसरी आए भन्ने कुराले यो घटनालाई थप शंकास्पद बनाएको छ ।

६ बर्ष भित्र २ हजार ७ सय ५० टन एमोनियम नाइट्रेट बेरुतको बन्दरगाहमा पुगिसकेको थियो र हंगर १२ मा लोड भइसकेको थियो । पोर्ट तथा सीमा शूल्क अधिकारीहरु, तीन मन्त्रालय, लेबनानी सेनाका कमाण्डरकाबीच लेबनान सरकारसँग बारम्बार चेतावनी पनि दिइएको थियो । दुई शक्तिशाली न्यायधीस तथा विस्फोट हुनुभन्दा केही हप्ता अगाडी प्रधानमन्त्री तथा राष्ट्रपतिलाई समेत यो विषयमा जानकारी गराइएको थियो ।