May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने

संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने

काठमाडौं- संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने जनाएको छ ।

जनता समाजवादी पार्टी नेपालले विज्ञप्तिमार्फत सरकारले घोषणा गरेको संविधान दिवसमा सहभागी नहुने जनाएको हो ।

Advertisement

आज बसेको जसपाको पदाधिकारी बैठकले संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने निर्णय गरेको पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए ।

संविधान दिवसमा भाग नलिने बरु त्यसको विरोध गर्ने जनाएको छ । संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरु परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोधका कार्यक्रम आयोजना गर्ने जसपाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।