May 10, 2024, Friday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रहरी हिरासतमा दुई बाख्रा

प्रहरी हिरासतमा दुई बाख्रा

आश्विन ३, एजेन्सी । भारतको तेलंगानाको हुजुराबाद शहरमा एउटा विचित्र घटना भयो। तेलंगाना सरकारको हरियाली अभियान ‘हरिताहाराम’ अन्तर्गत लगाइएको बोटबिरुवाले बाख्राले खाएको भन्दै दुई बाख्रालाई प्रहरीले नियन्त्रणमा लियो ।

बाख्राहरुले अस्पताल रिसरको भर्खर रोपिएका बिरुवा खाईदिएको भन्द्र प्रहीले दुई बाख्रालाई हिरासतमा लियो । प्रहरीले बाख्रा मालिकसँग रु १६०० जरिवाना तिराएर बाख्रलाई छाडेको थियो । बाख्रा मालिकलाई आफ्ना बाख्राहरु सम्हालेर राख्न प्रहरीले सुझाव दिएको छ ।

Advertisement

सेव द ट्रिज आयोजनाका १ सय ५० बिरुवा बाख्राले खाईदिए पछि उक्त संस्थाका कार्यकर्ताहरुले घपालुवा जनावरलाई नै नियन्त्रणमा लिने जुक्ती निकालेका हुन् ।

भारतमा जनावरलाई प्रहरीले हिरासतमा लिन पाउदैन तर मान्छेलाई अफठ्यारो परेमा प्रहरीले जनावर मालिकलाई सम्झाउन सक्छ ।

बाख्रा मालिकलाई सम्झाउने उद्देश्यले जरिवाना गरिएको प्रहरीको भनाई रहेको छ ।