March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिन्धुलीको मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती  हस्तान्तरण

सिन्धुलीको मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती हस्तान्तरण

आश्विन ३, काठमाडौं । सामान्य कासको छाप्रोमा जीवनयापन गरिरहेका सिन्धुलीको दुधौली नगरपालिकाका ३ सय ५५ मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती निर्माण गरी हस्तान्तरण गरिएको छ ।

बागमती प्रदेशको ११ करोड २२ लाख ७ हजार ६५१ रुपैंयाको लागतमा दुई वर्षअघिदेखि निमार्ण थालिएको एकिकृत मुसहर बस्ती शुक्रवार एक कार्यक्रमका विच बागमति प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले हस्तान्तरण गर्नुभएको हो ।

Advertisement

दुधौली नगरपालिकाको वडा नं. ४, ५ र ६मा १५÷१५ वटा, ७ मा ३१ वटा, ९ मा १ सय ७३ वटा र ११ मा ८६ वटा गरी ३५५ वटा एकिकृत घर निर्माण गरी हस्तान्तरण गरिएको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख ई. दुर्गा घिमिरेले जानकारी दिनु भयो ।
दुधौली नगरपालिकाका ५ सय ९० मुसहरको एकिकृत घर निर्माण गर्ने लक्ष्यका साथ सर्भे भएकामा पहिलो चरणमा ३ सय ५५ घर एकिकृत मसहर बस्ती निर्माण गरिएको हो ।

रंगिन जस्तापाता सहित दुई कोठे घरमा शौचालय, खानेपानी लगाएतको सुविधा सहित निर्माण गरिएको छ ।