May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
संविधान दिवसः प्रचण्डको प्रतिबद्धता, जनताको अपेक्षाअनुसार विकास परियोजना अघि बढ्नेछन्

संविधान दिवसः प्रचण्डको प्रतिबद्धता, जनताको अपेक्षाअनुसार विकास परियोजना अघि बढ्नेछन्

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा जनताको अपेक्षाअनुसार अझ व्यापक रुपमा विकास परियोजना अघि बढ्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै दाहालले राष्ट्रिय स्वाधिनता तथा एकताका काम भएको र सिमानाका समस्या समाधान गर्ने, नेपालकै भूगोललाई नक्सामा समावेश गर्नेलगायतका काम हुनु भोलिका दिनका लागि सुखद संकेतका रुपमा लिन सकिने बताए। उनले आजको संविधान दिवस सबै नेपालीमा एकता, शान्ति र समृद्धिको संकल्प लिने दिनका रुपमा रहने पनि बताए।

Advertisement

उनले पार्टीभित्रको एकतालाई नयाँ शिराबाट अगाडि बढाउने प्रतिबद्धता पनि उल्लेख गरेका छन्।

प्रचण्डले संविधानले निर्दिष्ट गरेका मौलिक अधिकार, स्थानीय, प्रदेश तथासघीय संरचनासम्बन्धी ऐन बनाउने, अन्तर्राष्ट्रिय सम्बन्ध खासगरी छिमेकीको सम्बन्धलाई सुदृढ गर्ने र पूर्वाधार निर्माणलाई सरकारले ध्यान दिएको पनि बताएका छन्।