May 10, 2026, Sunday
२०८३ बैशाख २८, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
संविधानको अक्षर र भावनाअनुरुपको व्यवहार हुनु जरुरी छ : सभापति देउवा

संविधानको अक्षर र भावनाअनुरुपको व्यवहार हुनु जरुरी छ : सभापति देउवा

आश्विन ३, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको अक्षर र भावना अनुरुपको व्यवहार हुनु जरुरी रहेकाे बताउनुभएकाे छ । राष्ट्रिय दिवस एवं संविधान दिवस २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले भन्नुभएकाे छ, ‘मुलुकमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहिदहरुको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उहाँहरुप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

नेपाली कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको स्मरण गराउँदै सभापति देउवाले नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि रहेकाे बताउनुभयाे । ‘यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ,’ देउवाद्वारा जारी सन्देशमा भनिएकाे छ, ‘संविधान जारी भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरव साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रुपमा मनाउँदै आएका छौँ ।’

Advertisement

अहिले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण देश कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बताउँदै उहाँले यसबाट उत्पन्न परिस्थितिले आम नागरिकको जीवन अत्यन्त कष्टकर र दयनीय बन्दै गएको छ र उच्च सर्तकताका महामारीको सामना गर्न सबैलाई आग्रह गर्नुभयाे ।

संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यो संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेमा उहाँले विश्वास लिनुभएको छ । ‘संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावना अनुरुपको ब्यवहार जरुरी हुन्छ,’ सन्देशमा भन्नुभएकाे छ, ‘नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरु क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तिन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ ।’

निर्वाचन पछिका दिनहरूमा संविधानको सफलताका लागि बाँकी कार्यभारहरु पूरा गर्नेभन्दा पनि संविधानको भावना विपरीतका गतिविधि नेकपाको नेतृत्वकाे सरकारबाट भइरहेको भइरहेकाे भन्दै उहाँले यसलाई गम्भीरतापूर्वक लिएको बताउनुभएकाे छ ।