April 17, 2024, Wednesday
२०८१ बैशाख ६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भारतमा बसेर जासुसी गरेको भन्दै एक नेपालीसहित भारतीय पत्रकार र  चिनियाँ पक्राउ

भारतमा बसेर जासुसी गरेको भन्दै एक नेपालीसहित भारतीय पत्रकार र चिनियाँ पक्राउ

आश्विन ४, एजेन्सी । भारतको दिल्ली पुलिसले एक नेपालीसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । भारतमा बसेर जासुसी गरेको आरोपमा दिल्ली पुलिसले भारतका स्वतन्त्र पत्रकार राजिव शर्मासहित एक चिनियाँ महिला र नेपाली पुरूषलाई नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरुमाथि भारती सेना र रक्षा सम्बन्धी महत्वपूर्ण दस्तावेज बेचेको आरोप लगाइएको छ ।

उनीहरूले दिल्लीको महिपालपुरमा एउटा कम्पनी खोलेको र त्यही कम्पनीबाट विभिन्न कारोबार गरेको बताइएको छ। दिल्ली पुलिसले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement