March 23, 2024, Saturday
२०८० चैत्र १०, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रानी पोखरीको पुनर्निर्माण कार्य एक हप्ताभित्र सकिने, पानी भरेपछि फेरियाे रानीपोखरीको रुप

रानी पोखरीको पुनर्निर्माण कार्य एक हप्ताभित्र सकिने, पानी भरेपछि फेरियाे रानीपोखरीको रुप

आश्विन ४, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानी पोखरीको पुनर्निर्माणको कार्य एक हप्ताभित्र सकिने जनाएको छ । प्राधिकरणका सीईओ सुशील ज्ञवालीले एक साताभित्र पोखरीको पुनर्निर्माणको पहिलो चरणको कार्य सम्पन्न हुने बताएका हुन् ।

पोखरीको पहिलो तह(लेयर)मा पानी भर्ने कार्य आइतबारसम्ममा सकिने उनले बताए । पोखरीमा मेलम्ची खानेपानी आयोजनाको पाइप प्रयोग गरेर पानी भरिएको ज्ञवालीले बताए ।

Advertisement

यस्तै मन्दिरको पुनर्निर्माण कार्य पनि सकिन लागेको उनले बताए । ‘मन्दिरको गुजरको काम सुरु भइसकेको,’ ज्ञवालीले भने,’एक हप्ताभित्र सुनको लेपन लगाइसकेपछि पुनर्निर्माण कार्य सम्पन्न हुनेछ ।’ पहिलो चरणको काम सकिएपछि दोस्रो चरणको कार्य पनि सुरु गरिने उनले बताए ।

पोखरीमा ३ करोड लिटर पानी भरिने रानी पोखरी पुर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधारले कान्तिपुरलाई बताए । पोखरीको ३ वटै तहमा करिब १४ करोड लिटर पानी अट्छ । अहिले भरिएको पानी स्थिर भएपछि विस्तारै अन्य तहहरुमा पानी भरिने बताइएको छ । सचिव तुलाधारका अनुसार पोखरीको उद्घाटन चाँडै नै हुनेछ । यस वर्षको भाइटिकाबाट पोखरी पूर्ण रुपमा खुला हुने उनले बताए ।