May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आइपिएल: चेन्नाई सुपर किंग्सले विजयी सुरुवात

आइपिएल: चेन्नाई सुपर किंग्सले विजयी सुरुवात

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा चेन्नाईले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको हो।

युएईको अबुधाबीमा शनिबारदेखि सुरु भएको उद्घाटन खेलमा मुम्बईमाथि चेन्नाईले सहज जित निकालेको हो। १६३ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। चेन्नाईको जितमा आम्बती रायुडु र फाफ् डु प्लेसिसले उत्कृष्ट ब्याटिङ गरे। आम्बतीले ४८ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७१ रन बनाए। फाफ् डु प्लेसिसले अविजित ५८ रनको योगदान दिए।

Advertisement

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउँदा डि कक्ले ३३ रन बनाएका थिए। बलिङतर्फ चेन्नाईका लंगी नगिदीले ३ विकेट लिँदा रविन्द्र जडेजा र दीपक चाहारले समान २–२ विकेट लिए।

आइपिएलको दोस्रो दिन आइतबार पनि एक खेल हुँदैछ।