May 9, 2024, Thursday
२०८१ बैशाख २७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौं उपत्यकामा आइतबार ७ सय ६७ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आइतबार ७ सय ६७ संक्रमित थपिए

आश्विन ४, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ६७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ६ सय २ संक्रमित थपिएका छन् भने ललितपुरमा ६४ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय १ जना संक्रमित देखिएका छन् ।

Advertisement

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १६ हजार ५ सय ८८ पुगेको छ । यसमध्ये काठमाडौमा १३ हजार ६ सय १२ , ललितपुरमा १ हजार ५ सय ४७ जना र भक्तपुरमा १ हजार ४ सय ५९ जना संक्रमित छन् ।