April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अमेरिकी राष्ट्रपति ट्रम्पलाई आयो खामभित्र बिषालु केमिकल हालेकाे  चिठ्ठी !

अमेरिकी राष्ट्रपति ट्रम्पलाई आयो खामभित्र बिषालु केमिकल हालेकाे चिठ्ठी !

आश्विन ४, एजेन्सी । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई बिषयुक्त चिठ्ठीको खाम पठाइएको छ । केही दिन अघि राष्ट्रपति ट्रम्पको नाममा ह्वाइट हाउस र केही विभागहरुमा एकविषालु केमिकल सहितको खाम पठाइएको अमेरिकी जाँच एजेन्सीहरुले बताएका छन् ।

त्यहाँका समाचार एजेन्सीहरुका अनुसार संका लागेपछि परीक्षण गर्दा चिठ्ठीको खामभित्र खतरानक केमिकल भएको पुष्टि भएको हो । अन्य तवरले सो चिठ्ठी ट्रम्पसामु नपुग्ने देखिएपछि यो हमला सफल बनाउन हुलाकको माध्यम अपानाइएको हुनसक्ने अधिकारीहरुको भनाइ छ ।

Advertisement

अमेरिकी समाचार माध्यमहरुले सो चिठ्ठी क्यानडाबाट आएको हुनसक्ने बताउदै समाचारहरु प्रकाशन गरेका छन् । न्यूयोर्क अमेरिकी सरकारका विभिन्न अनुसन्धान निकायहरुले यस घटनाको बारेमा पूर्णरुपमा अनूसन्धान भइरहेको जनाएको छ ।

अनूसन्धानको प्रारम्भीक चरणमा बिषलु चिठ्रठी पठाउने काममा कुनै पनि आतङ्ककारी संलग्न नरहेको पाइएको छ । तर यो अनूसन्धानको पूर्वसन्ध्या भएकाले अहिलेनै यही भन सकिने अवस्था नरहेको अधिकारीहरु बताउछन् ।

अमेरिकामा यस्तो घटना पहिलो भने होइन यसअघि २०१३ मा मिसिसिपीका एक व्यक्तीले तत्कालीन राष्ट्रपति बाराक ओबामा र एक रिपब्लिकन सिनेटरलाई रिसिनसहित एक खाम पठाएक थिए । उनी हाल जेल काराबासमा छन् । यस्तै २०१८ मा रक्षा मन्त्री जिम म्याटिसलाई पनि यही प्रकृतिको चिठ्ठी आएको थियो । खाले खाम पठाइएको थियो ।