May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ब्रिटेनमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्नेलाई १५ लाख जरिवाना

ब्रिटेनमा सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्नेलाई १५ लाख जरिवाना

आश्विन ४, एजेन्सी । ब्रिटेन सरकारले सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन तोड्ने त्यहाँका व्यक्तिलाई १० हजार पाउण्डसम्म जरिवाना हुनसक्ने जनाएको छ ।सरकारले बनाएको नयाँ नियम अनुसार कोरोनाभाइरस सङ्क्रमण देखिएका वा हुने अवस्थामा भएका व्यक्तिले सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ। उक्त नियममा कम आय भएकालाई एकपटक ५०० पाउण्ड सहयोग गर्नुपर्ने र आइसोलेशनमा बस्न बिदा नदिने रोजगारदातालाई पनि सजाय हुनेछ।

प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि प्रतिबन्धहरूलाई कडा पार्दै ति नियमहरू लागु गर्न लागिएको बताएका छन्।

Advertisement

शनिवारमात्रै इङ्गल्यान्डमा कोरोनाका ४,४२२ नयाँ बिरामीहरू थपिएका छन् र सङ्क्रमित २७ जनाको मृत्यु भएको छ। सुरुमा १,००० पाउण्ड जरिवाना हुने र दोहोर्याएर नियम तोड्ने र “एकदमै नराम्ररी नियम तोड्ने”लाई १०,००० पाउण्डसम्म हुन सक्ने जनाइएको छ ।