May 8, 2024, Wednesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चिनिया राष्ट्रपति सीले संविधान दिवसको अवसरमा पठाए शुभकामना

चिनिया राष्ट्रपति सीले संविधान दिवसको अवसरमा पठाए शुभकामना

आश्विन ४, एजेन्सी । नेपाल–चीनबीचको सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको बताउँदै चिनिया राष्ट्रपति सी चिनफिङले आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई थप बिकास गर्ने जनाउनुभएको छ ।

राष्ट्रपति सीले आइतबार संविधान दिवसको अवसरमा समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना पठाउँदै आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई थप विकास गर्ने जनाउनुभएको हो ।

Advertisement

राष्ट्रपति सीले सोही शुभकामना सन्देशमार्फत् नेपाल–चीन कोरोना महामारीविरुद्ध सहकार्य गरेबाट आपसी मित्रता अझ सुदृढ तथा गहिरो भएको उल्लेख गर्नुभएको छ ।

सोही क्रममा उहाँले समकक्षी भण्डारीसँग विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई थप विकास गरी दुई देशका जनतामाझ अन्य लाभ पु-याउने इच्छा व्यक्त गर्नुभएको हो ।

यसैगरी चीनका प्रधानमन्त्री ली खछ्याङले पनि आइतबार (आज) नै समकक्षी केपी शर्मा ओलीलाई संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी भएको बताउँदै उनले केही वर्षदेखि दुई पक्षबीच विभिन्न क्षेत्रको सहयोग स्थिर रूपमा अघि बढिरहेको बताउनुभएको छ ।