April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इंग्लिस प्रिमियर लिगमा लिभरपुलकाे लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलकाे लगातार दोस्रो जित

असाेज ०५ एजेन्सी । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको चेल्सीलाई २-० गोलले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

लिभरपुलको जितमा दुवै गोल साडियो  मानेले नै गरे । पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर आन्द्रिएस क्रिस्टेनसनले रातो कार्ड पाएपछि लिभरपुलको जित सहज भएको थियो । गोलरहित पहिलो हाफमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेलेपनि दोस्रो हाफमा लिभरपुलले कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्न सक्यो ।

Advertisement

पहिलो हाफको इन्जुरी समयमा चेल्सी दस खेलाडीमा समेटिएको थियो । चेल्सीका डिफेन्डर आन्द्रेस क्रिस्टियन्सनले मानेमाथी फाउल गरेपछि उनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । खेलको ५० औं मिनेटमा मानेले सगोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले रोवर्टो फिरमिनोको पासलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरे ।

त्यसको ४ मिनेट नबित्दै लिभरपुलले अग्रता दोब्बर पार्यो । चेल्सीका गोलरक्षक किपा अरिजाबालागाको मिस पासलाई मानेले आफ्नो नियन्त्रणमा लिँदै गोल गरेका थिए । ७५ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र टिमो वेरनरलाई फाउल गरेपछि पाएको पेनाल्टीमा जर्जिन्होले गोल गर्न सकेनन् । उनको पेनाल्टी लिभरपुलका गोलरक्षक एलिसनले सहजै बचाएपछि लिभरपुलले खेल २-० ले जितेको हो ।

यस जितसँगै लिभरपुलले तालिकामा ६ अंक जोडेको छ । लिभरपुलले पहिलो खेलमा लिड्स युनाइटेडसँग ४-३ ले जित निकालेको थियो । पराजित चेल्सीले पहिलो खेलमा ब्राइटनलाई पराजित गरेको थियो ।