April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गाउँमा भव्य स्वागत गरिएकी युवतीमा काेराेना संक्रमण पुष्टि, गोठी गाउँ सील

गाउँमा भव्य स्वागत गरिएकी युवतीमा काेराेना संक्रमण पुष्टि, गोठी गाउँ सील

असाेज ०५, हुम्ला ।  अहिलेसम्म ग्रीन जोन मा रहेको हुम्ला शनिबार सर्केगाड गाउँपालिका वडा नं. ५ गोठी गाउँकी २१ वर्षीय किशोरीमा कोरोना पोजेटिभ देखिएकाे छ ।

पीसिआरको रिपोर्ट नआउँदै शनिबार बाँकेको नोपलगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केगाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि हुम्ला ग्रीनजोनबाट रेड जोनमा प्रवेश गरेको हो । शुुक्रबार कोहलपुर ल्याबमा संकलन गरिएको स्वाबको नजिता पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका जनस्वस्थ्य अधिकृत प्रेमबहादुर सिंहले बताए ।

Advertisement

शनिबार सिमकोट पुगेर ती किशोरी आइतबार माउन्टेन हेलिकोप्टरबाट सर्केगाड हुँदै आफ्नो गाउँ गोठी पुगेकी छन् । ती महिला गाउँ पुग्दा गाउँमा पहिलोपटक आएकाले बाजागाजासहित स्वागत गरियो । तर उनैलाई कोरोना संक्रमण भएको पछि मात्र थाहा भएकाे सर्केगाड- ५ का वडा अध्यक्ष कर्नजंग शाहीले बताए ।

५ नं. वडामा संक्रमितको आगमन भइसँगै आईतबारदेखि नै देखि सर्केगाड- ५ को गोठी गाउँलाई सिल गरिएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर रोकायाले बताए । खबर पाउनेबित्तिकै सर्केगाड गाउँ कार्यपालिकाको बैठक बसी तत्काल गोठी गाउँलाई सिल गर्ने निर्णय गरेको उनले बताए । अध्यक्ष रोकायाले भने, ‘हामीले गोठी गाउँलाई सिल गरेर आवश्यक स्वास्थ्य सावधानी अपनाउने विषयमा सबै तयारी पुरा गरेका छौं ।’