May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रदेश-१ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित तीन महिलाको मृत्यु

आश्विन ५, काठमाडौं । प्रदेश-१ मा २४ घण्टामा तीन जना महिलाको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाँउपालिका स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ भने धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुइ जना महिलाको मृत्यु भएको छ ।

ताप्लेजुङ पाथीभरा याङवर गाँउपालिका १ की ३७ बर्षीय महिलाको उपचारको क्रममा सोमबार विहान मृत्यु भएको सो अस्पतालले जनाएको छ । उनको भदौ ३० मा नोवेल मेडिकल कलेजमा उपचार गराउदा कोरोना पोजेटिभ पुष्टि भएको थियो र सोही दिन विराट शिक्षण अस्पतलामा भर्ना गरिएको थियो ।

Advertisement

समस्या भए पछि थप उपचारको लागि विराट मेडिकल कलेज लगिएको थियो उनमा कलेजो सम्बन्धी समस्या भएको विराट मेडिकल कलेज आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिनु भयो । उहाँले विरामीलाई अस्पताल ल्याउदै निक्कै समस्या भएको र कलेजोमा धेरै समस्या आएका कारण उनलाई आइसियुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको जानकारी दिनु भयो ।

यसै गरी झापा मेचीनगर नगरपालिका ८ की ७२ बर्षीया महिलाको आइतबार ८ बजे र सुनसरी इनरुवा नगरपालिका ४ की ४९ बर्षीया महलाको सोमबार विहान २ बजे उपचारको क्रममा मृत्यु भएको वीपी कोइराला विज्ञान प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाले जानकारी दिनु भयो ।

झापाकी ७२ बर्षीय महिलाको ४ गते कोरोना पुष्टि भएको थियो । उनमा सासफेर्न समस्या हुने छाती दुख्ने,साथै निमोनियाको समस्या थियो भने सुनसरीका ४९ बर्षीया महिलामा उच्च रक्तचाप , मधुमेह र मृगौलाको समस्या भएर डाइलाइसिस गराउने गरिएको थियो । उनको भदौ १ गतेनै कोरोना पोजेटिभ पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

यो संगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ भने १३ जना प्रदेश वाहिरका रहेको सामजिक विकास मन्त्रालयले जनाएको छ । नियम अनुसार शवको व्यवस्थापन भइरहेको अस्पतालले जनाएको छ ।