May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
थप ८ सय २३ संक्रमितद्वारा स्वास्थ्यलाभ, कुल ४८ हजार ६१ जना निको भए

थप ८ सय २३ संक्रमितद्वारा स्वास्थ्यलाभ, कुल ४८ हजार ६१ जना निको भए

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय २३ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय २३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४८ हजार ६१ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७२ प्रतिशत हो ।

Advertisement

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १८ हजार १ सय ४२ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ७१ रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ९ सय ४९ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ४ सय ९३ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख ३४ हजार ९ सय ७७ जनाको पीसीआर परीक्षण भएको छ ।