May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
श्रीमानले गर्भवती श्रीमतीको पेट धारिलो हतियारले चिरेपछि !

श्रीमानले गर्भवती श्रीमतीको पेट धारिलो हतियारले चिरेपछि !

आश्विन ६, एजेन्सी । भारतको उत्तर प्रदेशको बदायूँ जिल्लामा आफ्नै श्रीमानले गर्भवती श्रीमतीको पेट धारिलो हतियारले चिरेका छन् । हतियारले चिरेपछि उनकी श्रीमतीले मृत बच्चा जन्माएको त्यहाँको प्रहरीले जनाएको छ।ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन पत्नीलाई दबाव दिने गरेको जनाइएको छ। महिलाको माइती पक्षले शिशुको लिङ्ग पहिचान गर्न महिलाको पेट चिरेको आरोप लगाएको छ।

श्रीमतीको पेट चिर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको पुरुषले घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको बताएका छन्। पेट चिरिएकी महिलालाई राजधानी दिल्लीस्थित अस्पतालमा राखिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको बीबीसीमा उल्लेख छ ।

Advertisement

छोरा पाउने विषयलाई लिएर उक्त दम्पतीबीच नियमित रूपमा झगडा हुने गरेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमलाई ती पुरुषले धारिलो हतियार प्रहार गरेको तर त्यसले उनलाई गम्भीर चोट लाग्न सक्छ भन्ने कुरा भने नचिताएको बताएका छन्।