May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लकडाउन अर्काे ६ महिनासम्म जारी रहन सक्छ : बेलायती प्रधानमन्त्री बोरिस

लकडाउन अर्काे ६ महिनासम्म जारी रहन सक्छ : बेलायती प्रधानमन्त्री बोरिस

आश्विन ७, एजेन्सी । बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनले कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको पुष्टि गरेका छन् । उनले बेलायतमा दोस्रो चरणको संक्रमणको लहर सुरु भएको भन्दै सम्भावित जोखिमलाई न्यूनीकरण गर्न बेलायतमा जारी लकडाउन अर्को ६ महिनासम्म रहनसक्ने बताएका छन् ।

बेलायती सञ्चारमाध्यमका अनुसार अर्को ६ महिनासम्म लकडाउन रहीरहन सक्ने कुराको त्यहाँका नागरिकहरुले विरोध गरिरहेका छन् । बेला बेलामा नागरिकहरु ठूलो संख्यामा सडकमा उत्रिएर प्रदर्शन पनि गरिरहेका छन् । प्रदर्शनलाई कमजोर बनाउन सरकारले १० हजार पाउण्डस्टर्लिङसम्म जरिवाना हुनसक्ने चेतावनी दिइसकेको छ ।

Advertisement

जारी प्रतिबन्धमा खेलकूद गतिविधि र वैवाहिक समारोह आयोजना गर्न नपाउने प्रावधान पनि समेटिएको छ । मंगलबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री जोनसनले भने, ‘फुटबल प्रतियोगिताबारे भने पुनः विचार गर्न सकिने बताएका छन् । अन्तिम संस्कारमा ३० भन्दा बढी मानिस सहभागी हुन पाउनेछैनन् । मास्क अनिवार्य लगाउनुपर्नेछ ।’

लण्डन र देशका बाँकी भागहरुमा चल्ने ट्याक्सी सञ्चालनलाई लिएर नयाँ नियमहरु जारी हुनसक्ने सम्भावना रहेको छ ।