April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी

हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी

आश्विन ७, काठमाडौं । चीनसँगको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी गरेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार राति विज्ञप्ति जारी गर्दै चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने उल्लेख गरेको छ ।

Advertisement

दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको पनि प्रष्ट्याएको छ । चीनले सधै नेपालको सम्प्रभूता र क्षेत्रीय अखण्डताको सम्मान गर्नेसमेत विज्ञप्तिमा प्रतिबद्धता जनाइएको छ ।