May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सरिता गिरी पुन राजनीतिमा, तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन

सरिता गिरी पुन राजनीतिमा, तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन

आश्विन ७, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल बनाएको तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी सरिता गिरीले तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन गरेर मधेशको राजनीतिमा पुनः प्रवेश गरकी छिन् ।

असोज २ गते लोकतान्त्रिक अभियानको घोषणा गरेकी गिरीले अन्ततः नेपाल सद्भावना पार्टीलाई मधेशमा सक्रिय बनाउने लक्ष्य लिएकी छिन् ।

Advertisement

गिरीले बुधबार एक विज्ञेप्ती सार्वजनिक गर्दै दुई राजनीतक दल र लगभग ५० जना स्वतन्त्र व्यक्तिबीच मोर्चा गठन भएको जानकारी दिएकी छिन् । गिरीको संयोजनमा रहेको मोर्चामा राजेन्द्र सिंह अध्यक्ष तथा श्री रामकुमार महतो कार्यवाहक अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र श्री गोवद्र्धन दास अध्यक्ष रहेको दलित मुस्लिम जनशक्ति पार्टी, रीतेश सिंह अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टी समेत सदस्य रहेको उनले जानकारी दिएकी छिन् ।

उनले मोर्चा लोकतन्त्र, संसदीय शासन प्रणालीको रक्षा गर्दै संघीय संरचनाको स्वरुप परिवत्र्तन गरी देशमा मधेश र पहाड मात्र दुई प्रदेशको निर्माणका लागि क्रियाशील रहने बताएकी छिन् ।