April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कांग्रेसद्धारा डा. केसीका माग पूरा गर्न प्रधानमन्त्रीलाई अपिल

कांग्रेसद्धारा डा. केसीका माग पूरा गर्न प्रधानमन्त्रीलाई अपिल

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्स शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्रीसँग अपिल गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै डा केसीसँग तत्काल वार्ता शुरु गर्न, जायज माग पूरा गर्न र उनको जीवन जोगाउन प्रधानमन्त्रीलाई सार्वजनिक अपिल गरेका हुन्।

प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते डा. केसीसँग नेपाल सरकारले गरेको सहमति प्रधानमन्त्रीकै अगुवाइमा माघ महिना उल्लंघन गरिएको समेत कांग्रेसले आरोप लगाएको छ।

Advertisement

डा केसीमाथि जबर्जस्ती गरी सरकारले प्रस्तुत गरेको व्यवहारले एक कर्मयोगीको अपमान मात्रै गरेको नभएर सरकारको अविवेकी र अनुदार चरीत्र थप उजागर गरेको समेत कांग्रेसको भनाइ छ।

चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय माथेमा कार्यदल बनाइएको र डा. केसीका मागहरू पूरा गर्दै ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४’  पनि नेपाली कांग्रेसकै पालामा जारी गरिएको समेत कांग्रेसको भनाइ छ।